धरानः जनता समाजवादी सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत धरानमा चार सय जनालाई राहत बितरण गरेको छ ।
जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईको क्षेत्रलाई लक्षित गरेर नेपाली समाज अमेरिकाको आर्थिक सहयोगमा अति पीडित तथा विपन्न वर्गलाई छनोट गरेर प्रती परिवार एक बोरा चामल उपलब्ध गराएको राहत वितरण संयोजक हेमराज जिमी याक्खाले जानकारी दिए ।
धरान उपमहानगरको २० वटै वडाबाट नाम सङ्कलन गरी राहत वितरण गरिएको थियो । राहत पार्टीको कार्यालय शान्तिपथबाट वितरण गरिएको थियो धरान नगर समिति अध्यक्ष ताजुप लिम्बूले सबै लकडाउनबाट पीडित रहेको भन्दै सीमित स्रोत भएकोले सबैको चित्त बुझाउन तथा सबैलाई राहत उपलब्ध गराउन नसकेको बताए । पीडितमध्येका पनि अति पीडित छनोट गरी राहत उपलब्ध गराएको जानकारी दिए ।