Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका २३ जनासहित १२१ संक्रमित थपिए

हाम्रो कोशी आवाज
भाद्र २६ २०७७, शुक्रबार
धरानका २३ जनासहित १२१ संक्रमित थपिए

विराटनगरः बितेको २४ घण्टामा धरानका २३ जनासहित प्रदेश १ मा १२१ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६१९ पुगेको छ । धरानमा २० पुरुष र ३ महिलासहित सुनसरीमा ४५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, दुहबीमा ७ महिला र १ पुरुष, इटहरीमा १ महिला र ५ पुरुष, कोशी गाउँपालिकामा ५ पुरुष, इनरुवामा २ पुरुष र गढीमा १ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
यस्तै, मोरङमा ४७, झापामा १४, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा कोरोना देखिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै, विराटनगरमा ३२ जनामा संक्रमण देखिएको छ । विराटनगरका १२ महिला र २० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, धनपालथानमा १ महिला र ८ पुरुष, रंगेलीमा २ पुरुष, ग्रामथानमा १ महिला र १ पुरुष, सुनवर्षीमा १ पुरुष, बुढीगंगामा १ महिलामा कोरोना संक्रमण देखिएको छ ।
झापाको दमकमा ६ महिला र ३ पुरुष, मेचीनगरमा १ महिला र १ पुरुष, बिर्तामोडमा १ महिला र १ पुरुष, कन्काईमा १ महिला, संखुवासभाको चैनपुरमा १ महिला र १० पुरुष, धर्मदेवीमा १ पुरुष, उदयपुरको चौदण्डीगढीमा १ महिला र प्रदेश १ बाहिरका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
प्रदेशबाट शुक्रबार ६६ जना डिस्चार्ज भएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १६ जना, बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ चतराधामबाट ३९ जना, मेची अस्पताल झापाबाट १० र होम आइसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २ हजार १९ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: भाद्र २६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend