Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१६ मा आगलागी हुँदा गम्भीर घाइते

हाम्रो कोशी आवाज
भाद्र २७ २०७७, शनिबार
धरान-१६ मा आगलागी हुँदा गम्भीर घाइते

धरानः धरान–१६ मा एक घरमा आगलागी हुँदा एक घाइते भएका छन् ।
घटनामा पसल सञ्चालक विक्रम श्रेष्ठ गम्भीर घाइते भएका हुन् । उनको हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
नयाँ सिलिण्डर जडान गरेलगत्तै रेगुलेटरबाट नै आगलागी भएको परिवारले बताएका छन् । ग्याँसको सिलिण्डर बाहिर निकाल्दा उनलाई आगोले पोलेको थियो । श्रेष्ठको हात, अनुहार, टाउकोमा पोलेको खाजाघरकी सञ्चालिका कविता श्रेष्ठले बताइन् । आगलागी हुँदा कोठामा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट समेत भएको छ । सुविधा कम्पनीको ग्याँस लिक भएको उनले जानकारी दिइन् ।

प्रकाशित मिति: भाद्र २७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend