धरानः धरानका दुईजनासहित प्रदेश १ मा बितेको २४ घण्टामा ७७ कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६९६ पुगेको छ ।
धरानका चारजनासहित सुनसरीमा १४ संक्रमित थपिए । इटहरीमा २ महिला र ६ पुरुष, इनरुवामा २ पुरुष, रामधुनी र दुहवीमा १–१ पुरुष र उदयपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै, मोरङमा ६२ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ४६ जनामा संक्रमण देखिएको छ । २१ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङको बुढीगंगामा ५ महिला र ५ पुरुष, कटहरीमा ४ पुरुष, ग्रामथानमा १ पुरुष र सुन्दरहरैचमा १ महिलामा कोरोना देखिएको छ ।
प्रदेश १ मा शनिबार ३६ जना डिस्चार्ज भएका छन् । कालिसदन आइसोलेसन विराटनगरबाट २० जना, बैजनाथपुर आइसोलेसन विराटनगरबाट ९ जना, मारवाडी सेवा सदन आइसोलेसनबाट ४ जना र कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट ३ जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५६ पुगेको छ ।