Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेइमारले दुई खेल खेल्न नपाउने

हाम्रो कोशी आवाज
असोज १ २०७७, बिहिबार
नेइमारले दुई खेल खेल्न नपाउने

धरानः फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का फरवार्ड नेइमारले दुई वटा खेल खेल्न नपाउने भएका छन् ।
मार्सेइलीसँगको खेलमा भएको विवादपछि रातो कार्ड पाएका नेइमारलाई दुई खेलको प्रतिबन्ध लगाइएको हो ।
तर फ्रान्सेली फुटबलको प्रशासकीय निकायले आफूमाथि रंगभेदी व्यवहार भएको भन्ने नेइमारको आरोपको छानबिन गर्ने जनाएको छ । गत आइतबार राति भएको खेलमा पिएसजीका तीन र मार्सेइलीका दुई गरी पाँच खेलाडीले इन्जुरी समयमा रातो कार्ड पाएका थिए । मार्सेइलीका डिफेन्डर अल्भारो गोन्जालेजलाई टाउकोमा हिर्काएका कारण नेइमारले रातो कार्ड पाएका थिए ।
अल्भारोले भने नेइमारको आरोप अस्वीकार गरेका छन् । नेइमारसँगै रातो कार्ड पाएका अरु चार खेलाडीमाथि पनि प्रतिबन्ध लागेको छ ।
पिएसजीका डिफेन्डर लेविन कुर्जावालाई ६ खेलका लागि निलम्बित गरिएको छ । यस्तै पिएसजीका लियान्ड्रो पारेडेस पनि दुई खेलका लागि प्रतिबन्धित भएका छन् । -एजेन्सी

प्रकाशित मिति: असोज १ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend