Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका ९ जनासहित १६६ संक्रमित थपिए

हाम्रो कोशी आवाज
असोज २ २०७७, शुक्रबार
धरानका ९ जनासहित १६६ संक्रमित थपिए

धरानः बितेको २४ घण्टामा धरानका ९ जनासहित प्रदेश १ मा १ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् ।
धरानमा १ महिला ८ पुरुषसहित सुनसरीमा मात्रै ५६ जना संक्रमित थपिए । मोरङमा १ सय, झापामा ८ र उदयपुरमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । इटहरीमा ७ महिला २५ पुरुष, बराहक्षेत्रमा २ महिला १० पुरुष, इनरुवामा १ महिला १ पुरुष, हरिनगरमा १ महिलामा कोरोना पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा ५८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २५ महिला र ३३ पुरुष छन् । मोरङको कटहरीमा ७ महिला ८ पुरुष, पथरीशनिश्चरेमा ४ पुरुष, बुढीगंगामा १ महिला ३ पुरुष, जहदामा १ महिला २ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, रंगेली र बेलबारी १–१ महिला, ग्रामथान र सुन्दरहरैंचामा १–१ पुरुष, स्थानीय तह नखुलेका ३ महिला ६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
झापाको शिवसताक्षीमा ३ महिला ४ पुरुष, कनकाईमा १ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष, स्थानीय तह नखुलेका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ४३७ पुगेको छ । प्रदेश १ मा आज १ सय ९२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय २७, कोभिड १९ आईसोलेसन अस्पताल, सुन्दरहरैचाबाट ३३, धानजन आईसोलेसन अस्पतालबाट १३, जिल्ला अस्पताल संखुवासभाबाट १०, मेची अस्पताल झापाबाट ४, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३, वि.जेनरल अस्पताल हरिनगर र मारवाडी सेवा सदन आईसोेलेसन विराटनगरबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या २ हजार ४३२ पुगेको छ ।
प्रदेश १ मा आज ६ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५७ महिला र १ सय ९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार हाल सम्म १ लाख १३ हजार ८८९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रकाशित मिति: असोज २ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend