Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भेडेटारनजिक दुर्घटनाः जो झाडीमा भेटिए

हाम्रो कोशी आवाज
असोज ३ २०७७, शनिबार
भेडेटारनजिक दुर्घटनाः जो झाडीमा भेटिए

बीपीमा उपचाररत घाइते चालक । फोटोः हा.कोशी आवाज

धरानः भेडेटारबाट धरान आउँदै गरेको एक सवारी दुर्घटनामा परेको छ । तेह्रथुमबाट धरान आउँदै गरेको टिपर भेडेटारनजिक ९ किलोमिटरमा दुर्घटना भएको थियो । दुर्घटनामा चालक सख्त घाइते भएका छन् । धरानतर्फ आइरहेको बा४ख ९७८३ नम्बरको सवारी साधन दुर्घटना हुँदा इटहरी निवासी चालक नेत्रप्रसाद भट्टराई सख्त घाइते भएका हुन् ।
राति साढे ११ बजे निकै ठूलो आवाज आएपछि स्थानीय दुर्घटनास्थल पुगेका थिए । त्यहाँ पुगेका स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी त्यहाँ पुग्दा उनी झाडीमा बेहोस अवस्थामा थिए ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले शुक्रबार राति साढे ११ बजे दुर्घटना भएको र त्यहाँ पुग्दा चालक भट्टराई झाडीमा भेटिएको जानकारी दिए । टिपर भने अहिलेसम्म नभेटिएको उनले जानकारी दिए । दुर्घटना भएको स्थानबाट टिपर निकै तल झरेकोले निकाल्न समस्या भएको उनले बताए ।
‘खासमा टिपर ५-७ किलोमिटर तलसम्म पुगेको थियो, उनी झाडीमा अड्किएको अवस्थामा फेला पारेका हौं, उनले हाम फालेर झाडीमा अड्किएको हुनसक्छ, टिपर भीरबाट नदेख्ने अवस्थामा तल झरेको पाइयो, टिपर अहिलेसम्म कस्तो छ देखिएको छैन ।’ श्रीमती विमला भट्टराईले श्रीमान तेह्रथुमबाट इटहरी आउँदै गरेको बताएकी छिन् ।

प्रकाशित मिति: असोज ३ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend