सुनसरीः सुनसरी इनरुवा–८ बस्ने ४० वर्षीय सम्पतलाल उरावको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ ।
दिउँसो २ बजे इनरुवास्थित राजमार्गमा को४प २६९४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक उराव गम्भिर घाइते भएका थिए । उनलाई तत्काल उपचारार्थ लैजाँदै गर्दा सवा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।