धनकुटाः धनकुटाकी एक वृद्धलाई लेउती खोलाले बगाउँदा मृत्यु भएको छ ।
लेउती खोलाले बगाउँदा साँगुरीगढीकी ७९ वर्षीया अमृतबहादुर राईको मृत्यु भएको हो । उनको शव साँगुरीगढी–७ स्थित फेदीमा फेला परेको जिल्ला कार्यालय धनकुटाका डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । खोला तर्ने क्रममा चिप्लिएर लडेकी उनलाई खोलाले करिब तीन मिटर तल पुरयाएको थियो ।