धरानः इण्टरयाक्ट क्लब अफ विष्णु मेमोरियलद्वारा यही सेप्टेम्बर २१ मा ‘शान्ति स्थापना’ कार्यक्रम आयोजना गरिएको थियो ।
‘शान्ति स्थापना’ कार्यक्रम इण्टरयाक्टर आर्शु रेग्मी र इण्टरयाक्टर विजय ढकालले संयोजन गरेका थिए । कार्यक्रममा १० जना इण्टरयाक्टरहरूले सक्रिय सहभागिता जनाएका थिए । शान्ति सम्बन्धित चित्रहरू र उद्धरणहरूलाई समेटेर इण्टरयाक्टरहरूलाई पोष्टर बनाएर पठाउन आग्रह गरिएको थियो ।
कार्यक्रमबाट शान्तिको सन्देश दिन खोजिएको कार्यक्रम संयोजकहरूले बताए । सो क्रममा हस्तनिर्मित र आङ्किक निर्मित दुवै प्रकारका पोष्टरहरु प्रकाशन गरिएका थिए । यस कार्यक्रमले इण्टरयाक्टरहरुको सिर्जनशील क्षमता प्रस्फुटन गर्न सहयोग गरेको क्लबकी अध्यक्ष लक्की अग्रवालले बताइन् ।