Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशीमा टिपरको ठक्करले साइकलयात्रीको मृत्यु

हाम्रो कोशी आवाज
असोज ७ २०७७, बुधबार
कोशीमा टिपरको ठक्करले साइकलयात्रीको मृत्यु

सुनसरीः कोशी गाँउपालिका १ स्थित राजमार्गमा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका २९ वर्षीय राजकुमार यादव रहेका छन । बिहान पौने ११ बजे को १ ख ६२१६ नम्बरको टिफरले साइकल यात्री यादवलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ठक्कर दिएपछि टिफर समेत अनियन्त्रीत भई पल्टिएको छ भने टिफर चालक सप्तरीका ४७ वर्षीय नोखनी मण्डल घाइते भएका छन । उनको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: असोज ७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend