ओखलढुंगाः ओखलढुंगा सिद्धिचरण–१२ सिमलडाँडा मोलुङ १ कुन्तादेवी बस्ने २८ वर्षीय परनेश खत्रीको करेन्ट लागेर मृत्यु भएको छ ।
मृतक खत्री मोलुङ खोला हाइड्रोपावर टान्समिसन लाइनको सुपरभाइजर रहेको खुल्न आएको छ । बुधबार बिहान पौने ११ बजे सिमलडाँडा स्थितमै बिजुली सप्लाईको मेन्टिनेन्सको लागि जम्पर छुटाउन बिजुलीको पोलमा चढेको अवस्थामा विद्युत सर्ट हुँदा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर पोलमै अड्किएको अवस्थामा उनलाई उद्धार गरी उपचारार्थ सामुदायिक मिसन अस्पताल ओखलढुंगा लगिएकोमा डाक्टरले खत्रीको मृत्यु भइसकेको भनी जानकारी गराएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।