Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धनकुटामा वर्षाले घर भत्कियो, घरले पुरिएर नाबालिकाको मृत्यु

हाम्रो कोशी आवाज
असोज ७ २०७७, बुधबार
धनकुटामा वर्षाले घर भत्कियो, घरले पुरिएर नाबालिकाको मृत्यु

सांकेतिक तस्वीर

धनकुटाः धनकुटा महालक्ष्मी ९ सिरिसे बस्ने धनबहादुर लिम्बूको ७ महिनाकी छोरीको आफ्नै घरले पुरिएर मृत्यु भएको छ ।
दिउँसो १२ बजे वर्षाको कारण ढुंगा, माटो र टिनको छानो भएको घर भत्किँदा सोही घरले पुरिएर नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । धनबहादुर सामान्य घाइते भएका छन् । साथै सोही घरको मुनी रहेका एउटा भैंसी र एउटा गाई समेतको पुरीएरै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: असोज ७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend