Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगरमा वाल भत्किएर किच्दा महिलाको मृत्यु

हाम्रो कोशी आवाज
असोज ८ २०७७, बिहिबार
विराटनगरमा वाल भत्किएर किच्दा महिलाको मृत्यु

विराटनगरः विराट जुटमिलको वाल भत्किएर किच्दा एक जनाको मृत्यु भएको छ ।
विराटनगर उपमहानगरपालिका–१५ रानीका ५५ वर्षीय समिरु नेशाको विराट जुटमिलको वाल भत्किएर किच्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कार्यालयका अनुसार बिहीबार बिहान पानी लिन सो स्थानमा जाँदा एक्कासी वाल भत्किएर किच्दा गम्भीर घाइते भएकी थिइन् । घाइते समिरुको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो साढे १२ बजे मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार वर्षौं पुरानो पर्खाल वर्षाका कारण भत्किएको हो । घर नजिकैको भवन छेउमा रहेको कलमा पानी लिन गएकी महिलालाई खुट्टा धुँदै गरेको अवस्थामा इँटाको गाह्रो लगाएर बनाइएको पर्खाल लडेर किचेको डीएसपी राईले बताए ।

प्रकाशित मिति: असोज ८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend