Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका ९ जनासहित ११४ संक्रमित थपिए

हाम्रो कोशी आवाज
असोज ८ २०७७, बिहिबार
धरानका ९ जनासहित ११४ संक्रमित थपिए

धरानः बितेको २४ घण्टामा धरानमा ९ जनासहित प्रदेश १ मा बिहीबार ११४ जना कोरोना संक्रमित थपिएका छन् ।
धरानमा धरानमा ४ महिला ९ पुरुषसहित सुनसरीमा २१ जना संक्रमित थपिएका छन् । सुनसरीकै दुहवीमा १ महिला ६ पुरुष, इटहरीमा १ पुरुष थपिएका छन् । यस्तै, मोरङमा ८६, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा ७१ संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३६ महिला र ३५ पुरुष रहेका छन् । मोरङको बुढीगंगामा २ महिला ४ पुरुष, सुन्दरहरैचामा २ महिला २ पुरुष, कटहरीमा २ पुरुष, पथरीशनिश्चरेमा १ महिला, सुनवर्षी र धनपालथानका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै, झापाको बिर्तामोडमा २ पुरुष, झापा गाउँपालिका, भद्रपुर र कनकाईमा १–१ पुरुष, उदयपुर र प्रदेश १ बाहिरका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ६४ पुगेको छ । प्रदेश १ मा बिहीबार ७ सय ९४ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म १ लाख १८ हजार ८१० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: असोज ८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend