धरानः विश्वव्यापी रुपमै सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ता दिनानुदिन बढिरहेका छन् । प्रयोगकर्ता वृद्धिसँगै फेसबुकमा नयाँ–नयाँ आयाम पनि थपिइरहेका छन् । फेसबुक आफ्नारु फोटा अपलोड गर्न र च्याटमा मात्रै सीमित छैन । यसको दायरा व्यापक भएको छ । यो सूचना र ज्ञान आदान–प्रदानको सहज र सुलभ माध्यम बनेको छ ।
अहिले विश्वका कतिपय देशमा सरकार गिराउनेदेखि कसलाई सरकारमा पुर्याउने भन्ने कुरामा फेसबुकलगायत सामाजिक सञ्जालको भूमिका अग्रणी देखिन्छ । फेसबुकको प्रयोग व्यक्तिगत वा संस्थागत लाभका लागि मात्र नभई सामाजिक काममा पनि उत्तिकै महत्वपूर्ण बन्दै गएको छ ।
नेपालमै पनि व्यापार व्यावसायको प्रचारप्रसार मात्र होइन, फेसबुकबाटै व्यापार चलाउने, विभिन्न प्रतियोगिता गर्ने र ती प्रतियोगिताका विजयी छान्न फेसबुकमा लाइक, कमेन्टको उपयोग गर्ने प्रचलन बढ्दै गएको छ । कसैलाई रगत चाहिँदा सहयोग माग्ने होस् या कोही हराउँदा उसको खोजी कार्यसमेत फेसबुकका कारण सम्भव भएको छ ।
पछिल्ला केही वर्षयता फेसबुकमा नयाँ ट्रेन्ड सुरु भएको छ– च्यालेन्ज । कोही फेसबुक प्रयोगकर्ताले आफ्ना साथीहरुलाई आफूले भनेको काम गर्न फेसबुकमार्फत च्यालेन्ज गर्छ । च्यालेन्ज गर्ने मान्छेले त्यो काम आफूले पनि गर्नुपर्ने हुन्छ । उसको च्यालेन्जलाई स्वीकार गर्दै अन्य प्रयोगकर्ताले त्यसको अनुसरण गरिरहेको देखिन्छ । यस्तो च्यालेन्ज फगत मनोरञ्जनका लागि मात्र होइन, समाजको सकारात्मक परिवर्तनका लागि पनि वरदान सावित भएको छ ।
दुई वर्षअघि ब्यारोन ए रोमन नाम गरेका अमेरिकी नागरिकले फोहोरको डंगुर सफा गरेको फोटो फेसबुकमा च्यालेन्जका रुपमा सेयर गरेका थिए । पछि, त्यो च्यालेन्जलाई संसारभरका धेरै मानिसले पछ्याए र फोहोर ठाउँलाई सफासुग्घर पारेर फेसबुकमा पोस्ट गर्न थाले । यो च्यालेन्जमा एउटा मान्छेले फोहोर सफा गर्नुअघि र सफा गरिसकेपछिको फोटो फेसबुकमा पोस्ट गरिएको थियो । ‘थ्री ह्यासट्याग’ नाम दिइएको यो च्यालेन्ज विश्वभर लामो समयसमम्म अनुसरण गरिएको थियो ।
नेपालमा अहिले केही दिनयता फेसबुकमा दुईवटा च्यालेन्ज व्यापक चलिरहेका छन् । ती हुन्, फर्स्ट इम्प्रेसन च्यालेन्ज र कपल च्यालेन्ज । फर्स्ट इम्प्रेसन च्यालेन्जमा पोस्ट गर्ने व्यक्तिले आफ्ना साथीलाई आफूसँग पहिलोपटक भेट्दा कस्तो लागेको थियो भनेर सोध्छ, अर्थात् आफूसँग पहिलोपटक भेट्दाको अनुभव लेख्न आग्रह गर्छ ।
दोस्रो च्यालेन्जमा फेसबुक प्रयोगकर्ताले आफ्नो श्रीमान् वा श्रीमतीसँगको ‘जोडी’ फोटो अपलोड गरेर अरुलाई पनि फेसबुकमा राख्न च्यालेन्ज गर्छ । यी दुई च्यालेन्ज अहिले फेसबुकमा निकै भाइरल छन् । अनि अहिले कतिसम्म भयो भने कतिपयलेचाहिँ सिंगल च्यालेन्छ भन्छ । यस्तै, अहिले त म त कतिपयले च्यालेन्छ गर्दिनँ भनिरहेका छन भने अनेकौं फोटो लगाउँदै च्यालेन्ज भनिरहेका छन् ।
यी दुई च्यालेन्जसँग केही दिनयता एउटा अर्को च्यालेन्ज पनि भाइरल भइरहेको छ । त्यो हो, डा. गोविन्द केसी च्यालेन्ज । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै नौ दिनदेखि आमरण अनशनरत डा. केसीको पक्षमा हुनेले ह्यासट्यागमा आइएमविथ डा. जीकेसी लेख्ने गरिएको छ । यो च्यालेन्ज अहिले नेपाली फेसबुक प्रयोगकर्तामाझ चर्चित भइरहेको छ ।


अनेक च्यालेन्ज भन्दै फेसबुकमा यति ठूलो गल्ती त गर्नुभएन, नभुल्नुहोस् सबै बर्बाद हुनसक्छ
भारतका चर्चित उद्योगपति मुकेश अम्बानीले एक कार्यक्रममा भनेका थिए, ‘यो नयाँ संसारमा डाटा नयाँ सम्पत्ति हो ।’ अहिलेको समयमा जो सँग डाटा छ उ नै सबैभन्दा शक्तिशाली हुन्छ । मैले आज यो कुरा किन गर्न खोजेको हुँ भने नेपालमा पछिल्लो समय फेसबुक, ट्विटर लगायत विभिन्न सामाजिक सञ्जालहरुमा धेरै व्यक्तिहरूले आफ्ना र परिवारका तस्बिरहरु धमाधम पोस्ट गरिरहेका छन् ।
अब विश्वमा पाचौं पुस्ता अर्थात फाइभ–जी यु–द्ध हात ह–तिया–रको होईन डिजिटल यु–द्ध हुन्छ । अहिलेको समयमा जोसँग डाटा छ उ नै सबैभन्दा शक्तिशाली हुन्छ भनेर भन्ने गरिन्छ । अमेरिकालगायत हाम्रो छिमेकी मुलुक भारतमा पनि हालै चिनियाँ एपहरू बन्द गरिएको उदाहरण हामीले भुलेका छैनौं । चीनमाथि अरु देशका जनताको डाटा सङ्कलन गरिरहेको अथवा चोरी गरेको भन्ने आरोप पटकपटक लाग्ने गर्छ । सर्वाधिक प्रयोगकर्ता भएको फेसबुकमाथि पनि यस खालका आरोपहरु योभन्दा पहिले लागिसकेका छन् ।
फेसबुक आफै पनि अनावश्यक लिङ्कहरु मा क्लिक नगर्न भनेर अनुरोध गरिरहेको हुन्छ । फेसबुक प्रयोग गर्दा खेरि पनि सावधान रहन भनेर फेसबुकले पटक–पटक आफ्ना प्रयोगकर्ताहरुलाई अनुरोध गरिरहेको छ । सामान्यतया विभिन्न एपहरु प्रयोग गर्दा अनुमति दिने गरेका कारण डाटा चोरी हुने समस्या गम्भीर हुँदै गएको छ । त्यसकारण अनावश्यक एपहरु प्रयोग नगर्न र विनाकारण अनुमति प्रदान नगर्न फेसबुक अनुरोध गर्छ ।
अहिले पनि विभिन्न च्यालेन्जका नाममा आफ्ना श्रीमती छोराछोरी भाइ–बहिनी आमाबुबा लगायत विभिन्न व्यक्तिहरूको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक रुपमा पोस्ट गर्ने क्रम बढेको छ । क्षणिक रमाइलोको लागि गर्नु भएको यो कुरा तपाँईको भविष्यका लागि र देशका लागि कत्तिसम्म खत्तरानाक हुनसक्छ त्यो कुरा सायदै सोच्नु भएको होला । तपाईंले दीर्घकालीन रुपमा सोच्नुभयो भने यसले वास्तवमा देश र तपाईंका लागि असुरक्षित महसुस गराउँछ । उसैपनि फेसबुक एकजनाले चलाउने हो तपाई चलाउनुहुन्छ तपाईंले आफ्नो विवरणहरु राख्न सक्नुहुन्छ किनभने फेसबुकमा सबै मान्छे एकै हुँदैनन् ।
तपाईंले भने कैँ मान्छे आउँछन् भन्ने हुँदैन तपाइको फेसबुक जो सुकैले पनि हेर्न सक्छ तपाईका छरछिमेकीले पनि हेर्न सक्छन् । नेपालमा पनि यस्ता धेरै घटनाहरु भएका छन् फेसबुकबाट धेरै पहिले हामी कतै बाहिर जाँदैछौं भनेर घरबाट निस्कदै गरेको तस्बिर एक परिवारले पोस्ट गर्छ अनी केही समयपछि त्यो घरमा चोरीलगायत अन्य कामहरु हुन्छन् । यसरी पूर्वसुचना दिने गर्नाले गर्दा बीचबाटोमा लु–टपा–ट, ज्या–न लिने लगायतका घटनाहरु पनि नभएका होईनन् । अहिलेको समयमा एउटा गतिलो ह–तिया–रका रूपमा सामाजिक सञ्जालको प्रयोग भइरहेको छ यसलाई हामीले नजरअन्दाज गर्न मिल्दैन ।
तपाईले आफ्ना व्यक्तिगत तस्बिरहरु आफ्ना परिवारका तस्वीरहरु आफ्ना व्यक्तिगत विवरणहरु कहाँ बस्नुभयो कहाँबाट आउनुभयो लगायत अनावश्यक कुराहरु जुन तरिकाले फेसबुक वा जुनसुकै पनि सामाजिक सञ्जालमा राख्नु हुन्छ त्यसले तपाइँलाइ कुनै फाइदा पुर्याउदैन । अर्कोतिर तपाइले मोबाइलमा लोकेशन अन गर्ने गर्नुभएको छ भने पनि त्यसले पनि तपाई असुरक्षित भएको कुरा महसुस हुन्छ । आज तपाईं विश्वमा देख्न सक्नुहुन्छ चीन र अमेरिका बीचको ल–डाई किन भइरहेको छ ?
सबैलाई थाहाँ छ कि यी दुई देशहरु डाटाका विषयलाई लिएर एक आपसमा लडिरहेका छन् । अमेरिकाले चीनमाथि लगातार आरोप लगाइरहेको छ कि उसले विज्ञान र प्रविधिको गलत प्रयोग गरेर जनताका डाटाहरु सुरक्षित गरिरहेको छ । केही दिन पहिला मात्र खबर आएको थियो भारतका दश हजारभन्दा धेरै भिभिआइपी हरूको डाटालाई चीनसँग छ । सामाजिक सञ्जालमा समयसमयमा १० वर्षे च्यालेन्ज लगायतका विभिन्न च्यालेन्जहरु केही समयका लागि आउँछन् अनी हराउँछन् ।
धेरै अध्ययनहरुका अनुसार यसका पछाडि कुनै एजेन्सीहरुको हात रहेको हुन्छ । नत्र भने किन कुनै टे«न्ड सुरु भएपछि समाप्त भएर फेरि अर्को सुरु हुन्छ ? मानिसहरु तपाईँको डाटा सङ्कलन गर्न चाहन्छन् तपाईंको परिवारमा को को छ ? तपाईं कस्तो प्रकृतिको मान्छे हुनुहुन्छ ? तपाईंले लेख्ने स्टाटस हरु कस्ता छन् ? तपाईंले राख्ने फोटोहरुका आधारमा हेर्ने गरिन्छ । तपाईंलाई धेरै कुराहरुबाट मुल्यांकन गर्न सकिन्छ । अहिले बालबालिकाको जस्तो व्यवहार कतिपयले गरिरहेको देख्दा अत्यन्तै दुःख लागेको छ । विभिन्न अनलाइन पत्रिकाबाट