Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खैरोहिरोइन र ब्राउनसुगरसहित तीन युवा समातिए

हाम्रो कोशी आवाज
असोज ९ २०७७, शुक्रबार
खैरोहिरोइन र ब्राउनसुगरसहित तीन युवा समातिए

बिर्तामोडः झापाको अर्जुनधारा–११ बसपार्क र बिर्तामोड भगवान चोक स्थितबाट लागूऔषध खैरोहिरोइन ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिर्तामोड–३ का २४ वर्षीय विशाल राजवंशी र सोही स्थानका १५ वर्षीय नर प्रसाद राजवंशी रहेका छन् भने अर्का बिर्तामोड–२ का २२ वर्षीय प्रदिप राजवंशी रहेका छन् । विशाल र नरप्रसाद ११ ग्राम ब्राउनसुगरसहित अर्जुनधाराबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसैगरी प्रदिप १० ग्राम ब्राउनसुगरसहित बिर्तामोड भगवान चोकबाट पक्राउ परेको सो कार्यालयले जनाएको छ । विशेष सुराकका आधारमा उनीहरूलाइ हिजो राति पौने ११ बजे पक्राउ गरिएको हो । पक्राउ परेका तीनैजनाउपर इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको छ ।

प्रकाशित मिति: असोज ९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend