Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

त्रिविका रोकिएका परीक्षा मंसिर तेस्रो सातादेखि, यस्तो भयो सहमति !

हाम्रो कोशी आवाज
असोज ९ २०७७, शुक्रबार
त्रिविका रोकिएका परीक्षा मंसिर तेस्रो सातादेखि, यस्तो भयो सहमति !

धरानः कोरोना भाइरसको महामारीका कारण रोकिएका त्रिभुवन विश्वविद्यालयका परीक्षा मंसिर तेस्रो सातादेखि हुने भएका छन् ।
यसका लागि असोज २५ गते परीक्षा तालिका प्रकाशित हुने भएको छ । बिहीबार त्रिभुवन विश्वविद्यालय वार्ता समिति र आन्दोलनरत नेपाल विद्यार्थी संघबीच सहमति भएको छ ।
सहमतिअनुसार, असोज २५ गते परीक्षा तालिका निकालिने भएको छ । त्यस्तै, कोरोनाका कारण रोकिएका परीक्षा मंसिर तेस्रो सातादेखि हुने भएका छन् । त्रिवि र नेवि संघबीच भएको सहमतिअनुसार, त्रिविले अब परीक्षा सञ्चालन गर्ने भएको हो ।
दुवै पक्षबीच भएको २३ बुँदे सहमतिअनुसार, अब त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले नियम लत्याएर समाजशास्त्र केन्द्रीय विभागको प्रमुखमा सह–प्राध्यापक युवराज लुइँटेल र भाषाविज्ञान केन्द्रीय विभागमा प्रा.डा. बलराम प्रसाईंलाई गरेको नियुक्ति सच्याइने भएको छ । त्रिवि वार्ता समितिका तर्फबाट गंगाबहादुर मगर र नेवि संघका तर्फबाट सम्झना केसी, जगदिश भट्ट, हरि आचार्य र श्यामचन्द्र अधिकारीबीच बिहीबार सहमति भएको हो ।

प्रकाशित मिति: असोज ९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend