धनकुटाः लगातारको वर्षाका कारण धरान–धनकुटा सडकखण्ड अवरूद्ध भएको छ ।
कोशी राजमार्ग अन्तरगतको साँगुरिगढी गाउँपालिकाको गुठिटारमा पहिरो खसेर सडक अवरूद्ध हुँदा बिहान ११ बजेदेखि यातायात ठप्प भएको हो । सडक माथिबाट लेदो झरेर सडक अवरुद्व भएको छ ।
अविरल वर्षातको कारण झरेको लेदोले बिहान ११ बजेदेखि सडक अवरुद्व भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले जनाएको छ । लेदोले पुरिएको सडक खुलाउनका लागि पहल भइरहेको जनाइएको छ ।
त्यस्तै, रुद्रबारीमा पनि सडक एकतर्फि रुपमा मात्र सवारी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।