Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा उपचाररत् संक्रमित पुरुषको मृत्यु

हाम्रो कोशी आवाज
असोज १० २०७७, शनिबार
धरानमा उपचाररत् संक्रमित पुरुषको मृत्यु

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुने कुल संख्या ३४ पुगेको छ ।
मृत्यु हुनेमा राजविराज ३ सप्तरीका ६३ वर्षीय वृद्ध छन् । उनको राति साढे १ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतक विराट मेडिकल कलेज विराटनगरबाट रेफर भएर असोज ८ गते कोभिड अस्पतालमा भर्ना भएका थिए ।
उनका अनुसार मृतकमा कुनै पनि दीर्घ रोग र स्वास्थ्यमा पुरानो समस्या देखिएको छैन । वृद्धमा ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई धरान रेफर गरिएको हो । पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएका वृद्धको त्यही दिन रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको डा. सापकोटाको भनाइ छ ।
स्वास्थ्यमा समस्या थपिएपछि भेन्टिलेटरमा राखेर उपचार थालिए पनि वृद्धलाई बचाउन नसकिएको जानकारी उनले दिए । शवको व्यवस्थापन नियम अनुसार गर्ने तयारी भइरहेको सापकोटाले बताए ।
उनलाई असोज ८ गते नै प्रतिष्ठानमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई प्रतिष्ठानमा भर्ना गरेर भेन्टिलेटरमा राखेर उपचारको क्रममा नै मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ ।

प्रकाशित मिति: असोज १० २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend