Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका ११ सहित १०६ संक्रमित थपिए

हाम्रो कोशी आवाज
असोज १० २०७७, शनिबार
धरानका ११ सहित १०६ संक्रमित थपिए

विराटनगरः बितेको २४ घण्टामा धरानका ११ जनासहित प्रदेश १ मा १०६ जना कोरोना संक्रमित थपिएका छन् ।
धरानमा ३ महिला र ८ पुरुषसहित सुनसरीमा २४ जना संक्रमित थपिए । सुनसरीकै इटहरीमा ४ महिला र ६ पुरुष, गढी र बर्जुमा १–१ महिला, दुहवीमा १ पुरुष संक्रमित थपिए ।
यस्तै, मोरङमा ७२, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ६४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा २६ महिला र ३८ पुरुष छन् ।
मोरङको बुढीगंगामा २ पुरुष, कटहरीमा १ महिला र १ पुरुष, ग्रामथानमा १ महिला र १ पुरुष तथा सुनबर्षी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । झापाको विर्तामोडमा १ महिला र २ पुरुष, भद्रपुरमा १ महिला र १ पुरुष, कचनकवल र कनकाईमा १–१ पुरुष, भोजपुरमा १ महिला तथा प्रदेश १ बाहिरका १ महिला र १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार २५५ पुगेको छ ।
प्रदेशबाट शनिबार ११९ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट ८९ जना, विराट मेडिकल कलेजबाट १९ जना, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाँउबाट ५ जना, नोवेल मेडिकल कलेजबाट ३ जना, भानुजन मावि आइसोलेसन ताप्लेजुङबाट १ जना, बैजनाथपुर आईसोलेसन विराटनगरबाट १ जना र कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट १ जना डिस्चार्ज भएका हुन् । प्रदेशमा डिस्चार्ज हुनेको संख्या २ हजार ७८८ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: असोज १० २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend