धरानः धरानमा ३३ जना युवा संघीय लिम्बुवान युवा मञ्चमा प्रवेश गरेका छन् ।
संघीय लिम्बुवान मञ्चका अनुसार प्रवेश हुने युवामा सन्धिक राई, सुमन राई, सुन्दर तामाङ्, सुजन तामाङ आकाश राई, मदन माझी, अरुण लिम्बू, आकाश राई, जीवन मगर, विशाल राई, राजकुमार राई, सञ्जे तामाङ, सुदिप तामाङ, सन्देश राई, योगेश तामाङ, अशोक मगर, रक्की मगर, विलम भुजेल रहेका छन् ।
यस्तै सन्तोष राई, दीपेन श्रेष्ठ, सन्देश राजवंशी, दुर्गे राई, दिपेश भाई, सुजन राई, निर्मल राई, बिजे तामाङ, राईमन राई, विवेक भाई, पासाङ भोटे, सञ्जीव भुजेल, राजन थापा, राजु तामाङ, सौगात राई, धनसिं राई, मनिस राई, नौराज लिम्बू, रुम श्रेष्ठ र निर्मल तामाङ संघमा प्रवेश गरेका उक्त पार्टीले जनाएको छ ।
पार्टीका जिल्ला अध्यक्ष अमर इजमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघीय लिम्बुवान युवा मञ्च, धरानका इन्चार्ज रमेश राईको अध्यक्षता कार्यक्रम भएको हो । उनले वडा ५ का नेकपा र नेपाली कांग्रेस त्यागेर लिम्बुवानमा आएको जानकारी दिए । नव प्रवेशी युवाहरुलाई खादा ओढाएर पार्टीमा स्वागत गरिएको उनले जानकारी दिए । मञ्चका नगर अध्यक्ष सञ्जुहाङ् साम्बाले कार्यक्रम सन्चालन गरेका थिए ।