Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका अभिभावकले बुझाए मेयरलाई ज्ञापनपत्र

हाम्रो कोशी आवाज
असोज ११ २०७७, आइतबार
धरानका अभिभावकले बुझाए मेयरलाई ज्ञापनपत्र

धरानः धरानका अभिभावकको एक समूहले धरान उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई भेटेर अभिभावकले ज्ञापनपत्र बुझाएका हुन् । कतिपय विद्यालयले वैशाखदेखि पुरै शुल्क लिन थालिएको अभिभावकको भनाइ छ । अभिभावक विकास भाटीले कतिपय स्कुलले वैशाखदेखि अभिभावकसँग शुल्क लिइएको बताए । ‘अनलाइन कक्षा शुरु गरेका धरानका केही निजी विद्यालयहरुले वार्षिक शुल्कको नाममा लिँदै आएको भर्ना शुल्क तिर्न दबाब आइरहेको छ’, उनले भने ।
महामारीले व्यापार, व्यवसाय ठप्प रहेको अवस्थामा शुल्क तिर्न नसकेको अभिभावकहरूको भनाइ छ । अनलाइन कक्षामा भएका क्रियाकलापका नाममा लिइने वार्षिक शुल्क लिन नमिल्ने अभिभावकको तर्क छ । मासिक शुल्कमा पनि सकेसम्म राहत दिइनुपर्ने अभिभावकहरूले बताए । कतिपय स्कुलले भर्ना नगरे बच्चालाई अनलाइनमा सहभागी नगराउने, परीक्षामा उपस्थित नगराउने त्रास देखाइरहेको अभिभावकको गुनासो छ । उनीहरूले स्थानीय तहसँग स्वीकृति नलिइ भर्ना शुल्न लिन नपाउने जनाएका छन् ।
सरकारले भर्ना खुलेसँगै निजी विद्यालयहरूले विद्यार्थीबाट शुल्क लिन पाउने बाटो खोलिदिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भर्ना खुलेपछि सम्बन्धित स्थानीय तहसँगको सहमतिमा निजी विद्यालयहरूले शुल्क लिन सक्ने बाटो खुला गरिदिएको थियो तर धरान उपमहानगरपालिकाले केही निर्णय गर्न नसक्दा अन्यौलता कायमै छ । संविधानअनुसार नै विद्यालय तहको शिक्षा स्थानीय सरकार मातहत छ । मन्त्रालयले एक शैक्षिक सत्रका लागि भन्दै शुल्क लिने बाटो खुला गरिदिएको थियो । कोरोनाकै कारणले धरानमा विद्यालय तहमा विद्यार्थी भर्ना सुरू गरेको छैन ।
फोटोः लक्ष्मण थापा

 

प्रकाशित मिति: असोज ११ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend