Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खोलाले बगाएर र लडेर मृत्यु

हाम्रो कोशी आवाज
असोज १२ २०७७, सोमबार
खोलाले बगाएर र लडेर मृत्यु

धरानः उदयपुर रौतामाई–२ स्थितमा बस्ने ५५ वर्षीया लुङ्गेली मगरलाई खोलाले बगाउँदा मृत्यु भएको छ ।
माइती घरबाट फर्कने क्रममा सोही स्थानमा रहेको रसुवा खोला तर्दै गर्दा उनलाई खोलाले बगाएको थियो । झण्डै दुई सय मिटरसम्म खोलाले बगाएपछि झारीमा अड्केको अवस्थामा मैयाको शव फेला परेको थियो । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यस्तै, ओखलढुंगा मोलुङ–७ स्थितमा बस्ने ७१ वर्षीय पासाङ शेर्पाको लडेर मृत्यु भएको छ । आफ्नै घरको भरयाङबाट ओर्लने क्रममा अचानक लड्दा शेर्पाको मृत्यु भएको भनि आफन्तले साँझ प्रहरीमा खबर गरेको थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति: असोज १२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend