धरानः धरानकी एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । यसअघि धरानकै महिलाको कोरोनाकै कारण मृत्यु भइसकेको छ । योसँगै धरानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ८ पुगेको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको मृत्यु भएको हो । धरान–२ की ३८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो । उनमा ज्वरो, खोकी, श्वासप्रस्वाशमा कठिन र निमोनियाको लक्षण देखिएपछि उनलाई घरबाट प्रतिष्ठानको इमर्जेसीमा ल्याइएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
बिरामीमा पहिलेदेखि भएको अन्य रोग र दीर्घ रोगबारे केही जानकारी नभएको तर इमर्जेन्सीमा परीक्षण गर्दा अत्याधिक मात्रामा ब्लड सुगर देखिएको उनले जानकारी दिए ।
उनले दिएका जानकारी अनुसार आज (सोमबार) बिहान ५ः४५ बजे उनको मृत्यु भएको हो । उनलाई आइतबार राति ११ः५० बजे प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको प्रवक्ता डा. सापकोटाले जानकारी दिए । उनमा प्रतिष्ठानमा परीक्षण गराउँदा कोरोना पु्ष्टि भएको थियो । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।