Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा सुनचाँदी व्यवसायीको निर्वाचन, रुपदल विश्वकर्मा निर्वाचित

हाम्रो कोशी आवाज
असोज १३ २०७७, मंगलबार
धरानमा सुनचाँदी व्यवसायीको निर्वाचन, रुपदल विश्वकर्मा निर्वाचित

धरानः नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश १ को अधिवेशन तथा निर्वाचन सोमबार सुनसरी उद्योग वाणिज्य संघ धरानमा सम्पन्न भएको छ ।
सभापतिमा झापा बिर्तामोडका रुपदल विश्वकर्मा १३ मत बढी ल्याएर निर्वाचित भए । प्रतिपक्ष धरान सुनसरीका किसन मास्केले ३७ मत प्राप्त गरेको थियो । महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ का संयोजक मोहनकाजी शाक्यको सभापतित्वमा सम्पन्न भएको अधिवेशनमा प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी रहेका थिए ।
देशको उद्योग तथा वाणिज्य क्षेत्रको विकासमा सुनचाँदी व्यवसायीको भूमिका अहम् हुने सभामुख भण्डारीले बताए । व्यवसायमा देखिएको कानूनी तथा नीतिगत समस्याहरूलाई सहज बनाउन आफूले पनि सहयोग गर्ने सभामुख भण्डारीले प्रतिबद्धता समेत व्यक्त गरे । पूर्व क्षेत्रका सुनचाँदी व्यवसायीहरूको हकहित र समस्याहरूमा स्थानीयस्तरमा र केन्द्रीयस्तरमा समेत पुरयाएर समाधानका लागि आफू लडिरहको केन्द्रीय उपाध्यक्ष एवं प्रदेश १ संयोजक मोहनकाजी शाक्ले बताए ।
त्यस्तै, उपसभापतिमा उदयपुरका चतुरप्रसाद चौधरीले ६६ मत र इलामका धनमान बराइलीले ४५ मत निर्वाचित भएका छन् । उपाध्यक्षका अर्का उम्मेद्वार उर्लाबारीका ज्ञानकुमार श्रेष्ठले ४३ मत मात्र ल्याएका थिए ।
कोषाध्यक्ष पदमा ४२, ४२ मत ल्याएर बराबर भएको थियो । धरान सुनसरीका राजेश अग्रवालले गोला प्रथा नगरी छोडिदिएपछि बिर्तामोड झापाका राजेशकुमार सोनी कोषध्यक्षमा चयन भए ।
अन्य पदहरु सर्व सम्मत भएको थियो । सचिवमा सुनसरी इटहरीका कुमार श्रेष्ठ, सह–कोषाध्यक्षमा सुनसरी झुम्काका पूर्णबहादुर श्रेष्ठ र सह–सचिवमा झापा दमकका भेषराज धमला, सदस्यहरूमा विराटनगर मोरङका विमलकुमार वेगवानी, महिला सदस्यमा मोरङ सुन्दरहरैंचाका सिर्जना घिमिरे, एसोशियट सदस्यमा विराटनगर मोरङका आलोक राठी निर्विरोध निर्वाचित भएको थियो । निर्वाचनमा ८ जिल्ला र ५ नगरका ८९ जना मतदाताहरुले मतदान गरेको निर्वाचन अधिकृत अधिवक्ता दर्शन कर्ण राईले बताए ।
विधान अनुसार १५ जनाको कार्यसमिति रहने निवर्तमान अध्यक्ष पदेन हुने र १ जना पछि मनोनित गरिने प्रावधान रहेको छ । कोभिड १९, कोरोना संक्रमणको समयमा पनि समाजिक दुरी तय गरी, साबुन पानीले हात धुने व्यवस्था, सेनिटाइजर, माक्स, पञ्जाको व्यवस्था गरी अधिवेशन तथा निर्वाचन सम्पन्न गर्न प्रदेश संयोजक तथा केन्द्रीय उपाध्यक्ष मोहनकाजीले कडा मेहनत गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति: असोज १३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend