Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा मोटरसाइकल दुघर्टना, चालकको मृत्यु

हाम्रो कोशी आवाज
असोज १५ २०७७, बिहिबार
सुनसरीमा मोटरसाइकल दुघर्टना, चालकको मृत्यु

सुनसरीः सुनसरी हरिनगरा–४ बस्ने ३५ वर्षीय दिनेश मण्डलको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।
उनैले चलाएको को१६प ४७९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई हरिनगरास्थित रोडमा रहेको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको थियो ।
पोलमा ठक्कर खाई नजिकै रहेको नहरमा मोटरसाइकल झर्दा सोही मोटरसाइकले किचेर मण्डलको मृत्यु भएको भनि आफन्तले प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटी गई कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: असोज १५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend