खोटाङः खोटाङ केपिलासगढी–२ कुदुङ बस्ने ६० वर्षीया ठकुरी राई मृत अवस्थामा फेला परेकी छिन् ।
बुधबार ५ बजे उनी घरबाटै हराएको भनी आफन्तले प्रचौ खार्ताम्छामा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ आफन्तसहित खोजतलासमा खटिएको प्रहरी टोलीले बिहीबार बिहान ८ः०० बजे उनकै घरदेखि करिव १२ सय मिटरमा रहेको तापखोलाको बगरमा ठकुरीलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
उनको शव बगरको ढुङ्गामा अड्कीएको अवस्थामा रहेको र घटना सम्बन्धमा कानुनी कारबाही अगाडी बढाइएको सो कार्यालयले जनाएको छ ।