विराटनगरः मोरङमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
शनिबार राती करिब साढे ९ बजे बुढीगंगा गाँउपालिकाको टंकीसिनुवारीमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ४२ वर्षीय कमलप्रसाद तावाहाङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टंकीसिनुवारीमा लु६१प २५०२ नम्बरको मोटरसाइकलले धरान–विराटनगर सडकमा तावाहाङलाई ठक्कर दिएको थियो । घाइते तावाहाङको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा आइतबार बिहान १ बजे मृत्यु भएको हो ।
घटनापछि मोटरसाइकल चालक सप्तरी रुपनीका २५ वर्षीय अजबुल मियाँ फरार रहेको मोरङका प्रहरी नायब उपरीक्षक कविन्द्रकुमार कार्कीले बताए । प्रहरीले घटनामा संलग्न मियाँको खोजी तीब्र पारेको जनाएको छ ।
त्यसैगरी, बेलबारी नगरपालिकामा पर्ने पूर्व–पश्चिम राजमार्गको भाउन्नेमा को.१ ख ५०७९ नम्बरको यात्रुवहाक बस दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका छन् ।
