Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मकालु बेस क्याम्पबाट फर्किने क्रममा लेक लागेर खाँदबारीका युवाको मृत्यु

हाम्रो कोशी आवाज
असोज १८ २०७७, आइतबार
मकालु बेस क्याम्पबाट फर्किने क्रममा लेक लागेर खाँदबारीका युवाको मृत्यु

संखुवासभाः संखुवासभामा लेक लागेर एक युवाको मृत्यु भएको छ ।
खाँदबारी–१ का २४ वर्षीय विवेक श्रेष्ठको मकालु बेस क्याम्प पुगेर फर्किने क्रममा लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । खाँदबारीबाट मकालु बेस क्याम्प पुगेर फर्किने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज पन्तले जानकारी दिए ।
गत १२ गते ७ जना युवाहरूको टोलीसहित उनी खाँदबारीबाट त्यहाँ पुगेका थिए । बाटोमा सामान्य बिरामी बनेका उनको शुक्रबार राति सुतेकै स्थानमा मृत्यु भएको यात्रामा सहभागी जानकी पोखरेलले बताइन् ।
घटनापछि मृतकको शव हेलिकप्टरमार्फत् खाँदबारी ल्याइएको छ । शनिबार घटनास्थलतर्फ उडेको हेलिकप्टरले आइतबार बिहान खाँदबारी ल्याएको हो ।

प्रकाशित मिति: असोज १८ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend