विराटनगरः विराटनगरमा अस्पताल भवनको दुई तलामाथिबाट हाम फालेर घाइते भएका एक बिरामीको उपचारका क्रममा मृत्यु भएको छ ।
अस्पतालको दोस्रो तलाबाट हामफालेका मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का करिब ५० वर्षीय अमृत गजमेरको मृत्यु भएको पञ्हरीले जनाएको छ ।
विराट नर्सिङ होम, विराटनगरमा उपचाररत एक बिरामीले दोस्रो तलाबाट हाम फालेको र उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको मोरङका एसपी सन्तोष खड्काले जानकारी दिए ।
शनिबार अस्पताल भर्ना भएका उनको उनको आइसियूमा उपचार भएपनि सम्भव नभएको उनले जानकारी दिए । उनी फोक्सोको समस्याले अस्पताल भर्ना भएका थिए । उनले सोमबार बिहान करिब साढे ५ बजे अस्पतालबाट हाम फालेको प्रहरीले जनाएको छ । आइसियूबाट गर्मी भएको बहाना बनाउँदै बाहिर निस्किएका उनले हाम फालेका थिए ।