सुनसरीः सुनसरी हरिपुर बस्ने धिरेन यादवको ३ वर्षीय छोरा सतिशकुमार यादवको पानीमा डुबेर मृत्यु भएको छ ।
अपराह्न ५ बजे आफ्नै घर नजिकै रहेको पानी निकासा हुने ठाउँ छेउमा खेलिरहेको अवस्थामा अचानक लडेर पानीमा डुब्दा बालक सतिश बेहोस भएका थिए । वेहोस भएका उनलाई तत्काल उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।