ताप्लेजुङः पाथिभरा क्षेत्रमा मुक्कुमलुङ संयुक्त थरगत सङ्घर्ष समितिले मुक्कुमलुङमाङ लेखिएको २५ होर्डिङबोड राखेको छ ।
इतिहास तथा प्रमाणका आधारमा पाथीभारालाई मुक्कुलुङ भएकाले पाथीभरामा आउने तीर्थयात्रीहरुलाई पाथीभराको ऐतिहासिक नाम मुक्कुमलुङ हो भन्ने सन्देश दिनको लागि काफ्लेपार्टीदेखि ठूलो फेदीसम्ममा २५ ओटा होर्डिङबोड राखिएको मुक्कुमलुङ संयुक्त संङघर्ष थरगत संघर्ष समिति संयोजक ज्ञानु फुरुम्बो चरपेले जानकारी दिए ।
लिम्बू जातिको भाषामा ‘मुक्कम’ भनेको शक्ति ‘लुङ’ भनेको ‘प्रकट’ दैवी शक्ति प्रकट हुनु भनेको नै लिम्बू भषमा मुक्कुमलुङ भनिएको चरपेले जानकारी दिए । दुई वर्ष अगाडि त्यहाँका लिम्बूहरुले मुक्कलुङमाङ भनेर मान्र्दै आएको र त्यस यतादेखि चाल्पा चागे गुरुङले पाथी जस्तो देखेर पाथीभरामा भन्न थालेको चरपेले जानकारी दिए । लिम्बू जातजातिको देउँता ‘युमा माङ’ को दैवी शक्ति प्रकट भएको स्थान मुक्कुमलुङ माङ मनेर चिनाउने प्रशस्त तथ्य र प्रमाणहरु रहेको चरपेले जानकारी दिए । लामो समयदेखि पाथीभरा होइन यो मुक्कुमलुङ हो भनी संघर्ष गरिरहेको चरपेले जानकारी दिए । ७० सालमा मुक्कलुङमाङ लेखिएको ९० वटो होर्डिङबोड राखेको र यस वर्ष २५ वटा थप गरेको चरपेले जानकारी दिए ।
लिम्बू जातिका विभिन्न संघ संस्था व्यक्तिमार्फत् होर्डिङबोड सौजन्य गरेको हो । याक्थुङ थरगतहरुले मुक्कुमलुङ नाम पुनस्थापनाका लागि सौजन्य गरेका थिए । सौजन्य गर्ने संघसंस्थामा किरात धर्म साहित्य उत्थान संघ शाखा समिति युके, याक्थुङ मौतिक संस्कार उत्थान संघ हङकङ, नाल्बो संयङ केन्द्रीय समिति काठमाण्डौ र नाल्वो सयङ जिल्ला समिति ताप्लेजुङ, किरात यक्तुम्वा फुरुम्बो पालुङवा सयङ, नुगो सयङ, आङबुहाङ सयङ जिल्ला समिति ताप्लेजुङ, किरात साम्यो याक्थुङ तुक्सी सयङ माङथेवे, थुप्पोको थेवे, सिङथेवे, सिगु हेम्वया, तबेबुङ सयङ, किरात साम्यो नालिफुङवा फुरुम्बो, लिवाङ सयङ, लिमखिम सयङ रहेको छ ।
