ताप्लेजुङ (रासस): ८१ वर्षीय कोरोना संक्रमित एक वृद्ध (पुरुष) उपचारपश्चात् निको भएर आज (सोमबार) घर फिरेका छन् ।
जिल्ला अस्पताल ताप्लेजुङमा उपचार गराइरहेका उनी कोरोना जितेर घर फर्केका हुन् । पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीलाई घर फर्काइएको अस्पतालका प्रमुख डा. सोनिङ लामाले जानकारी दिए ।
दमको रोगबाट पीडित ती वृद्धलाई कोरोना पुष्टि भएपछि असोज ७ गते अस्पताल भर्ना गरिएको थियो । कोरोना रोग निको भएर घर फर्कनेमा ताप्लेजुङका फक्ताङलुङ निवासी रहेको बताइएको छ ।