Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दमकका मेयर ओली, पत्नी र छोरालाई कोरोना पुष्टि

हाम्रो कोशी आवाज
असोज २० २०७७, मंगलबार
दमकका मेयर ओली, पत्नी र छोरालाई कोरोना पुष्टि

दमकः दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाले उनलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनकी पत्नी लीला र छोरा अनिललाई समेत कोरोना पोजेटिभ देखिएको छ । ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए ।
नगरप्रमुखसहित एक वडाध्यक्षलाई संक्रमण पुष्टि भएपछि नगरपालिका आजदेखि ४ दिनका लागि बन्द गरिएको छ । मेयर ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र पत्नी लिलालाई पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह लगायतका रोग रहेको जानकारी दिए । छोरा अनिललाई पनि संक्रमण भएको जानकारी दिँदै बच्चालाई लिएर बुहारी केही दिन पहिले माइती गएकाले संक्रमणबाट बचेको हुनसक्ने जानकारी दिए ।
उनले भने– ‘मैले व्यक्तिगत दूरी कायम राखेर व्यवहार गरेको थिएँ । मास्क पनि लगाएकै थिएँ । तैपनि मलाई कोरोना संक्रमण भएको छ । त्यसैले म सबैलाई सचेत हुन र अत्यन्त सावधानी अपनाउन अपिल गर्दछु ।’

प्रकाशित मिति: असोज २० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend