Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-८ की महिलासहित तीन संक्रमितको मृत्यु

हाम्रो कोशी आवाज
असोज २५ २०७७, आइतबार
धरान-८ की महिलासहित तीन संक्रमितको मृत्यु

धरानः धरानमा तीनजना संक्रमितकाचे मृत्यु् भएको छ ।
धरान–८ की ६२ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । गत २१ गते उनमा कोरोना पुष्टि भएको थियो । २२ गते अस्पताल भर्ना कएकी उनको शनिबार ८ः०० बजे मृत्यु भएको हो । उनमा मुटुरोगसम्बन्धी समस्या पनि रहेको थियो ।
यस्तै, दुवहीका ६५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । गत १५ गते कोरोना पुष्टि भएको उनमा १४ गते अस्पताल भर्ना भएका थिए । उनको आइतबार ३ः५० बजे मृत्यु भएको हो । उनमा पनि उच्चरक्तचापसम्बन्धी दीर्घरोग थियो ।
उता धनकुटाकी ६१ वर्षीया महिलाको पनि कोरोनाका कारण मृत्यु भएको छ । धनकुटा अस्पतालबाट बीपी रिफर गरिएको उनमा डाइबेटिज, उच्च रक्तचापलगायतको दीर्घरोग थियो । उनको आइतबार ६ः४० मा मृत्यु भएको हो । गत २० गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत १६ गते अस्पताल भर्ना भएकी थिइन् । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: असोज २५ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend