Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भन्सार छलेर भित्रयाइँदै लत्ताकपडा र खाद्यान्न

हाम्रो कोशी आवाज
कार्तिक २ २०७७, आइतबार
भन्सार छलेर भित्रयाइँदै लत्ताकपडा र खाद्यान्न

सुनसरीः अवैध रुपमा भन्सार छली गरी लुकाइछिपाइ ल्याएको करिब ६ लाख मूल्य बराबरको लत्ताकपडा तथा खाद्यान्न सामान हरु बरामद गरिएको छ ।
भारतबाट अवैधरूपमा लुकाइछिपाइ रानीको सीमा एरियाबाट ल्याउँदै गरेको करिब ४ लाख ८ हजार मूल्य बराबरको लत्ताकपडा तथा खाद्यान्न सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसैगरी इनरुवा–दुहवी सडकखण्ड एरियाबाट २ लाख मूल्य बराबरको लत्ताकपडाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
विशेष सुराकका आधारमा गस्तीमा खटिएको प्रहरी टोलीले आइतबार बिहान ६ लाख ८ हजार मूल्य बराबरको लत्ताकपडा तथा खाद्यान्न सामानहरु बरामद गरेको हो । सामान ल्याउन प्रयोग गरिएको दुईवटा टेम्पो समेत नियन्त्रणमा लिइएको छ । बरामद गरिएको सामान र टेम्पोलाई समेत आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रकाशित मिति: कार्तिक २ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend