धरानः धरानमा आइतबार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै धरानमा संक्रमितहरुको संख्या १ हजार ९ सय २८ पुगेको छ ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले ९६ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । एन्फा क्वारेन्टाइनमा लिइएको २७५ जनाको स्वाब लिँदा यतिका संख्यामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा ७ वर्षका बालबालिकादेखि ८१ वर्षीय वृद्धसम्म रहेका छन् । संक्रमित हुनेमा धरानका स्थानीय नेतादेखि व्यवसायीसमेत रहेका छन् ।