Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा चोरी भएर र हराएर माया मारेका मोबाइल पाउँदा दङ्ग

हाम्रो कोशी आवाज
कार्तिक ३ २०७७, सोमबार
सुनसरीमा चोरी भएर र हराएर माया मारेका मोबाइल पाउँदा दङ्ग

सुनसरीः इलाका प्रहरी कार्यालय इटहरीले विभिन्न ब्राण्डका ३८ थान मोवाइल सेट फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
हराएर तथा चोरी भएर माया मारिसकेको मोबाइल पाउँदा मोबाइलधनी दङ्ग समेत परेका छन् । आफ्ना मोवाइल विभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने विभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा गत महिनादेखि हालसम्म करिव १८ लाख ५५ हजार ८ सय मूल्य बराबरका ३८ थान मोवाइल सेट फेला पारी सोमबार सम्बन्धित धनीहरुलाई बुझाएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीमा शाखा स्थापना भएदेखि हालसम्म विभिन्न ब्राण्डका अन्दाजी ३ सय ३४ थान मोबाइल सेटहरु फेला पारी सम्बन्धित धनीलाई बुझाइसकिएको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक ३ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend