Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कक्षा-१२ को परीक्षा अनलाइनबाट हुने

हाम्रो कोशी आवाज
कार्तिक २४ २०७७, सोमबार
कक्षा-१२ को परीक्षा अनलाइनबाट हुने

धरानः कक्षा–१२ को परीक्षा अनलाइन माध्यमबाट हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा अनलाइन माध्यमबाट गर्न नसकिने जनाएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनलाइनबाट परीक्षा गराउन निर्देशन दिएको समाचार आए पनि त्यसमा सत्यता नरहेको बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिए ।
परीक्षा सञ्चालन कार्यविधिमा अनलाइन प्रविधिबाट परीक्षा गराउने विषय नसमेटिएको भन्दै बोर्डले अनलाइनबाट परीक्षा गराउने कुनै सम्भावना पनि नरहेको जनाएको हो । प्रश्नपत्र छपाई लगायतका परीक्षाको तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ ।
कक्षा–१२ को परीक्षा यही मंसिर ९ गतेबाट सञ्चालन हुँदै छ । कक्षा १२ को परीक्षा नहुँदा विश्वविद्यालयहरूमा स्नातक तहको भर्ना र पठनपाठन प्रभावित भएको छ  । कक्षा १२ मा ४ लाख ३२ हजार परीक्षार्थी छन् ।

प्रकाशित मिति: कार्तिक २४ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend