Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान सब्जीमण्डीमा फिटिक्कै छैन ‘फिजिकल’ दुरी ?

हाम्रो कोशी आवाज
कार्तिक २९ २०७७, शनिबार
धरान सब्जीमण्डीमा फिटिक्कै छैन ‘फिजिकल’ दुरी ?

धरानः धरान–९ स्थित सब्जीमण्डी छिर्ने हो भने फिटिक्कै फिजिकल दुरी कायम छैन । साँघुरो सडकमा तरकारी, फलफूल, लत्ताकपडा, तिहारका फूल बेच्न राखिएको छ । ग्राहकको उपस्थिति हेर्दा खुट्टा राख्ने ठाउँ छैन ।
सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि फिजिकल दुरी अर्थात् सामाजिक दुरी अनिवार्य भनेपनि सब्जीमण्डीमा फिटिक्कै छैन । तिहारको चहलपहलसँगै भीडभाडको शैली अत्ताउने खालको देखिन्छ । ‘धरानका लकडाउन खुलेदेखि नै यहाँ चाहिँ जहिल्यै भीडभाड हुन्छ’, धरान–१५ का उपभोक्ता सरस्वती लिम्बूले भनिन्, ‘के साह्रो हौ कोरोना संक्रमण बढिरहेको छ, आफैले पनि बुझ्नुपर्ने हो ।’
त्यहाँ दैनिक सयौं ग्राहक पुग्छन् । तर त्यहाँ फिजिकल दुरी भने फिटिक्कै कायम भएको देखिन्न । ‘यस्तो बेपर्वाहले पनि हुन्छ’, धरान–१० का पूर्ण लिम्बूले भने, ‘के तिहारमा चाहिँ कोरोना सर्दैन र ?’
व्यवसायीले भने ग्राहकले नै नमान्ने गरेको बताउँछन् । ‘आउँदा ह्वात्तै आउँछन्, हामी त बेच्नका लागि सामग्री राखेका हौं, दुरी कायम गर्न जति आग्रह गरेपनि सेवाग्राहीले फिटिक्कै मान्दैनन् ।’ नाम नखुलाउने शर्तमा व्यवसायी भन्छन् । यसअघि त्यहाँका केही व्यवसायीमा पनि संक्रमण पुष्टि भइसकेको छ । धरानमा अहिले पनि दिनहुँ संक्रमित बढिरहेका छन् ।

प्रकाशित मिति: कार्तिक २९ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend