धरानः पाथिभरा ब्याडमिन्टन समूह धरानले धरान नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ ।
बलिहाङ तङ्नामको अवसरमा आयोजना गरिएको ब्याटमिन्टन प्रतियोगिता धरान–१५ मा सम्पन्न भएको आयोजकका मनि बान्तवाले जानकारी दिए ।
कोरोनाको सन्त्रास र अनि लकडाउनको गुमराह अवस्थालाई शारीरिक र मानसिकरुपमा तन्दुरुस्त राख्न र खेल जगतमा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले गराएको प्रतिस्पर्धामा जम्मा २५ टिमले भाग लिएका थिए ।
प्रतियोगितामा खोटाङ युवा क्लब प्रथम भएको छ । क्लबबाट मनि चाम्लिङ र बुमान राई प्रथम भए । प्रथम हुने खेलाडीद्वयलाई नगद १५ हजार पुरस्कार दिइएको थियो ।
प्रतियोगितामा दोस्रो भएका मनि वान्तवा र डम्बर लिम्बूले नगद १० हजार प्राप्त गरे । प्रतियोगितामा तेस्रो हुने प्रदीप राई, अनिल राई र हरि हाङगाम पल्टन वालाहाङले नगद ३–३ हजार रुपैयाँ पाए ।
विजेता सबै खेलाडीलाई प्रमुख अतिथी पर्वत राईले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा टोल सुधार समितिका देउमान लिम्बू, राजकुमार थोप्रा, डम्बर लिम्बू, गोपाल राई, मिलन राई लगायत पनि उपस्थिति थियो । खेल अवधिभर एम्पायरको भूमिका शम्भु राई र देवेन्द्र खड्काले गरेका थिए ।

