विराटनगरः मोरङ मिक्लाजुङ–१ सिलिलिङ बस्ने ५८ वर्षीय अरुण भन्ने अमृतबहादुर श्रेष्ठ हतियारसहित पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तिमा खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठले आफ्नै घरमा हतियार लुकाइछिपाइ राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा टोटा बन्दुक १ थान, खोका ३ थान र ५०० ग्राम बारुद समेत फेला पारी बरामद गरेको मोरङका प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।
हतियारसहित पक्राउ परेका श्रेष्ठ उपर हातहतियार खरखजना मुद्दामा कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।