Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

म्यारोडोनाको निधनप्रति पेले, मेस्सी, रोनाल्डोले यसो भने

हाम्रो कोशी आवाज
मंसिर ११ २०७७, बिहिबार
म्यारोडोनाको निधनप्रति पेले, मेस्सी, रोनाल्डोले यसो भने

धरान (बीबीसी): ब्राजिलियन महान् फुटबलर पेलेले म्यारोडोनाप्रति भावुक श्रद्धाञ्जली व्यक्त गरेका छन् । पेलेले ट्वीटरमा लेखेका छन्, ‘कस्तो दुःखद् खबर, मैले एक महान साथी र विश्वले प्रख्यात खेलाडी गुमायौँ ।’ ‘भन्नुपर्ने धेरै छ, तर अहिलेलाई ईश्वरले परिवारका सदस्यलाई शक्ति प्रदान गरून्, मलाई आशा छ, एक दिन आकाशमा सँगै बल खेल्ने छौँ ।’
उनको निधनप्रति विश्वभरीबाट शोक व्यक्त गरिएको छ । विश्व फुटबलबाट म्याराडोनाको निधनमा शोक प्रकट गरिनुका साथै उनको प्रशंसा भइरहेको छ । आर्जेन्टिनाका लियोनल मेस्सीले म्याराडोना सर्वकालिक रहेको टिप्पणी गरेका छन् ।
क्रिस्टियानो रोनाल्डोले उनलाई फुटबलका अद्वितीय जादुगरको संज्ञा दिए । इटलीमा म्याराडोनाले आफ्नो उत्कृष्ट क्लब फुटबल खेलेका नापोलीका प्रशंसकहरूले पनि सडकमा उत्रिएर श्रद्धा व्यक्त गरिरहेका छन् । रोममा पोप फ्रान्सिसले म्याराडोनालाई देशवासी सरह स्नेहपूर्व सम्झना गर्ने बताएका छन् ।

आर्जेन्टिनाका जनता आफ्ना सम्भवतः सबैभन्दा प्रख्यात छोरा महान फुटबल खेलाडी डिएगो म्याराडोनाको निधनको शोकमा परेका छन् । आफ्नो विशिष्ट प्रदर्शनका कारण सन् १९८६ को विश्वकपमा देशको जीत सुनिश्चित गरिदिएका ती नक्षत्र गुमाउनु पर्दाको शोक प्रकट गर्न मानिसहरू सडकमा उत्रिएका छन् । राजधानी बेनोस आइरिजको केन्द्रभाग र म्यारोडोनाले खेलेको रङ्गशाला आसपासमा मानिसहरूको भीड छ ।
आफ्नो खेल जीवनभरी म्यारोडोनाले विभिन्न आरोप र पछिल्लो जीवनकालमा शारीरिक अस्वस्थतासँग जुध्नु परेको थियो । सन् २००८ मा उनी आर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक नियुक्त भए तर जर्मनीद्वारा क्वाटर फाइनलमा पराजित भएपछि सन् २०१० को विश्व कपपछि उनले त्यो जिम्मेवारी छाडदिएका थिए । म्याराडोना सन् २०१० मा आर्जेन्टिनाले विश्वकप खेल्दा राष्ट्रिय टोलीका प्रशिक्षक थिए ।

प्रकाशित मिति: मंसिर ११ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend