Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खेर फाल्न हुन्न शैक्षिक सत्र

हाम्रो कोशी आवाज
मंसिर १४ २०७७, आइतबार
खेर फाल्न हुन्न शैक्षिक सत्र

धरानः कोरोना भाइसका कारण विद्यालय तहको पठनपाठन प्रभावकारी बन्न नसक्दा सरकारलाई यस वर्षको शैक्षिक सत्र निर्धारित समयमा पूरा गर्न चुनौतीपूर्ण हुने देखिएको छ । तर पनि बाँकी समयको सही तरिकाले सदुपयोग गर्दै आगामी चैतभित्रै शैक्षिक सत्र पूरा गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । यस विषयमा छिट्टै ठोस धारणा बनाउने तयारी सरकारले थालेको छ ।
अन्योलमा नराखौँ
नेपाल सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका नेपालका अध्यक्ष कृष्ण थापा शैक्षिक सत्रलाई कुनै हालतमा खेर फाल्न नहुने उल्लेख गर्दै विद्यार्थी तथा अभिभावकलाई अन्योलमा राख्न नहुनेमा जोड दिए ।
उनले शैक्षिक सत्र सदुपयोग हुन नसकेको अवस्थामा विद्यार्थीलाई धेरै ठूलो क्षति हुने उनको भनाइ छ । यसले आम विद्यार्थी र अभिभावकलाई त्रसित बनाएको बताए । शैक्षिक सत्र क्षति भएको घाटा बेहोर्न विद्यार्थीले कुनै हालतमा नसक्ने र त्यो विद्यार्थीमाथि अन्यायसमेत हुने उनको भनाइ छ ।
सरकारले वैकल्पिक विधिको सिकाइ सहजीकरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने हो भने अझै पनि शैक्षिक सत्रको सदुपयोग गर्न सकिने सम्भावना उनले औँल्याए । अन्तिम अवस्थामा एक आधा महिना थप गर्न सकिने सम्भावनासमेत रहेको भन्दै उहाँले अहिलेबाटै शैक्षिक सत्र सदुपयोग गर्नुपर्छ भन्नेमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।
सरकारले यसअघि आफूले गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने माग अध्यक्ष थापाले गर्नुभएको छ । कतिपय अवस्थामा सरकारी बजेट तल्लो तहमा पुग्न नसक्दासमेत समस्या भएको उनी बताउँछन् ।
समय सदुपयोग गर्नुपर्छ
नेपाल शिक्षक महासङ्घका उपाध्यक्ष तिलक कुँवर शैक्षिक सत्रलाई सदुपयोग गर्दै अघि बढ्नुको विकल्प नभएको बताउँछन् । जसरी विद्यार्थीको कक्षा १०, ११ र १२ को परीक्षा गरेर एक खालको सकारात्मक सन्देश प्रवाह गरियो सोहीअनुसार विद्यार्थीको शैक्षिक सत्रसमेत खेर जान दिन नहुने र समयको सदुपयोग गर्नुपर्ने उनको भनाइ छ ।
यस वर्षको शैक्षिक सत्र चैतसम्मको समयले नपुग भएमा एक दुई महिना थप गरेर भए पनि अघि बढ्न समस्या नहुने उनको भनाइ छ । यो अवस्था आएमा तीन वर्षभित्र फेरि शैक्षिक सत्र ठीक ठाउँमा ल्याउन सकिने उपाध्यक्ष कुँवर बताउँछन् । विद्यार्थीलाई आफ्नो शैक्षिक सत्र गुम्यो भन्ने खालको सन्देश भने कुनै अवस्थामा पनि दिन नहुनेमा उनको जोड छ । यसका लागि विद्यार्थी शिक्षकका बीचमा सम्पर्क स्थापित गराउनुपर्ने उनको भनाइ छ ।
पालिकापिच्छे फरक अवस्था
सरकारले कोरोना भाइरसको अवस्थालाई विचार गरी विद्यालयको पुनः सञ्चालन, सङ्क्रमण बढेको अवस्थामा बन्द तथा फेरि विद्यालय खोल्नका लागि स्थानीय तहलार्ई अधिकार दिइएको छ । यसबाट विद्यालय तहमा सिकाइ सहजीकरण, विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि पालिकापिच्छे फरक फरक अवस्था हुने देखिएको छ ।
पालिकाभित्र पनि एउटा विद्यालय चल्ने र अर्को विद्यालय बन्द हुने अवस्था हुने भएकाले विद्यालयपिच्छे शैक्षिक अवस्थामा भिन्नता आउन सक्ने अवस्था देखिएको छ । यसले गर्दा विद्यार्थीको शैक्षिक सत्रलाई कसरी मिलाउने भन्नेमा समस्या देखिन सक्ने विज्ञहरूले औँल्याए ।
निचोडमा पुग्छौँ
सरकारी अधिकारीहरूले भने यस विषयमा आफूहरू गम्भीर रहेको जनाएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्मा शैक्षिक सत्रका विषयमा सरकारले सोचिरहेको बताए ।
कोरोना सङ्क्रमणको अवस्था हेरी स्थानीय तहमा विद्यालय पुनः सञ्चालन बन्द तथा फेरि खोल्ने अधिकार स्थानीय तहलाई दिइएकाले पालिकापिच्छे फरक फरक हुने फरक अवस्थालाई विचार गर्नुपर्ने अवस्था रहेको उनले बताए । यस विषयमा सरोकारवालाहरूसित आवश्यक परामर्श गरी एउटा निचोडमा पुगिने जनाइएको छ । -गोरखापत्रबाट

प्रकाशित मिति: मंसिर १४ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend