Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘सिम्याट’ कक्षाको तयारी

हाम्रो कोशी आवाज
मंसिर १६ २०७७, मंगलबार
धरानमा ‘सिम्याट’ कक्षाको तयारी

धरानः धरानस्थित युएन कलेज र धरान एजुकेशन फाउण्डेशनको आयोजनामा ‘सिम्याट’ तयारी कक्षा सञ्चालन हुने भएको छ ।
यही मङ्सिर २१ गतेदेखि यस्तो कक्षा सञ्चालनको तयारी थालिएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्वापोले जानकारी दिए । सिम्याट कोर्स भनेको त्रिभुवन विश्वविद्यालमा भर्ना हुनका लागि लिइने अति आवश्यक कोर्ष हो । यसमा अनिवार्य पास भएमा मात्रै त्रिविमा स्नातक पढ्न सकिन्छ ।
उनका अनुसार त्रिभुवन विश्वविद्यालयको सेमेस्टर प्रणालीअन्तर्गत टियुको स्नातक तह (लेवल) पढ्नका लागि सिम्याट पास गर्नुपर्ने हुन्छ । प्लस टु मा जुनसुकै सङ्कायबाट पास गरेका विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयको बिएचएम पढ्न पाउँछन् । यसको लागि पनि तयारी गर्नुपर्ने हुन्छ । यस्तै, बिबिए र बिबिएममा पनि तयारी कक्षा आवश्यक हुन्छ । प्रदेश नं. १ मै सिम्याटको तयारी कक्षाको शुरुवात युएन कलेजले गरेको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए ।
धरानमा बिएचएम पढ्न, बिबिएको पढाइ हुने गरेको छ । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बिबिएको समेत पढाइ हुने गरेको छ । यस्तै, युएन कलेजमा बिएचएम पढाइ हुने गरेको छ । ‘अहिलेका विद्यार्थीमा बिएचएम बिबिए र बिबिएममा आकर्षण बढ्दो छ,’ क्याम्पस प्रमुख तुम्बापोले भने, ‘यी सङ्काय पढ्न चाहनेले विशेषतः सिम्याटको तयारी कक्षामा सहभागिता जरुरी छ ।’
सिम्याटको तयारी यसरी गर्न सकिन्छ !
सर्वप्रथम त सिम्याटको लिखित नतिजाबाट ६ सय ५, Academic (+2) बाट ३ सय ५ अंक जोडिनुका साथै अन्तिममा १ सय ५ अंक मौखिक अन्तर्वार्ताबाट छनोट गरिनेछ । तीन वटा बाट आएको कुल स्कोर नै विद्यार्थीले ल्याएको माक्स हुनेछ । प्रत्येक त्रिविमा ९० ओटा सिट रहेको हुन्छ । Entrance परीक्षामा सहभागीमध्येबाट उत्कृष्ट ९० जनालाई मात्र भर्ना लिने गरिन्छ । साथै, सामुदायिक विद्यालयबाट SEE/+2 गरेका विद्यार्थीमध्ये ६ जनालाई छात्रवृत्तिमा छनोट गरी भर्ना लिइन्छ ।
सिम्याट कोर्स पूरा गरिसकेपछि विद्यार्थीले व्यवसाय संकाय अन्तर्गत स्नातकमा विद्यार्थीले BBA, BBM, BIM, BPA, BTTM जस्ता कोर्सहरू छनोट गरी सोही अन्तर्गतको परीक्षा दिई पढ्न सक्नेछन् ।
सिम्याट कोर्स कक्षा ११ रेगुलर पास भई १२ को परीक्षा दिएका वा १२ कक्षा पास भइसकेकाले फर्म भर्न पाउने भएतापनि +2d Minimum c+ result आएकाले मात्र गर्न सक्छन् । यसमा जम्मा सय वटा Dbecfic प्रश्न हुनेछन् । जसमा २५ अंक Ovamtitative Ability, २५ अंक Qvantitative Ability, २५ अंक Logical Reasoning र २५ अंक General Awareness रहेको हुन्छ ।
सिम्याटमा नाम निकाल्नका लागि पहिले त मिहिनेत आवश्यक छ । मिहिनेत र अभ्यास विना केही सम्भव छैन । स्कुलमा पढ्दाजस्तो समस्या सामाधान गर्नेतिर मात्रै लागियो भने यसमा पास गर्न गाह्रो पर्छ । किनकि, ९० मिनेटको समयमा सय प्रश्नहरुको समाधान गर्नुपर्ने हुन्छ । एउटा प्रश्न पढेर बुझ्न कम्तीमा ३० सकेन्ड लाग्छ । बाँकी २४ सकेन्ड प्रतिप्रश्न समाधान गर्ने समय हुन्छ । यसमा क्यालकुलेटर प्रयोग गर्न पाइँदैन, रफ पेपर पनि दिइने छैन । त्यसैले, Shortcut Trick प्रयोग गरी छोटो समयमा उत्तर पत्ता लगाउन सक्नेले मात्रै नाम निकाल्न सक्छन् ।
सिम्याट घरमै बसेर तयारी गर्न मुश्किल छ । घरैमा बसेर पढ्दा कसैको कहर हुन्न, कम मिहिनेत गरिन्छ । तर Institute मा पढ्न कहर लगाइन्छ । त्यो प्रेसरले पनि विद्यार्थीमा ‘मैँले आज यति गर्नैपर्छ भन्ने भावना जाग्छ र कस्सिएर अभ्यास गर्न थाल्छन् । अभ्यास गर्दागर्दै अनुभवी पनि भइसक्छन् । त्यसैले, घरमै बसेर पढ्न गाह्रो छ सिम्याट । Preparation Institute मा पढ्नुपर्छ ।

प्रकाशित मिति: मंसिर १६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend