धरानः पुस लाग्न आँटेको छ । पुस महिना आउन अब चार दिन बाँकी छ । पुस र माघको जाडोले सबैलाई आच्छु पार्छ नै । अहिले धरानलगायत देशभर चिसो बढ्न थालेको छ । बाटो हिँड्ने अधिकांश सर्वसाधारणको हात गोजीमा पर्न थालेको छ । अधिकांशको शरीरमा बाक्लो लुगा पर्न थालेको छ । बजारमा अधिकांशको नजर बाक्लो लुगातर्फ पर्न थालेको छ, भनौं, बजारमा सर्वसाधारणले जाडोका कपडा, जुत्ता–मोजाको जोहो गर्न थालेका छन् । जरुरी काम परेर घरबाहिर निस्किएकाहरु चिया पसलमा भेटिन थालेका छन् ।
तस्वीरः हाम्रो कोशी आवाज











