धरानमा २०१७ को पुस्तकालय


धरान-१३ फुस्रेमा रहेको पुस्तकालय । जुन पुस्तकालय २०१७ सालमा स्थापना भएको हो । अहिले पनि छ । तर लथालिङ्ग अवस्थामा । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीदेखि धरानका साहित्यकार, राजनीतिज्ञको सो पुस्तकालयमा जमघट हुने गरेको स्थानीयबासी बताउँछन् । अहिले त्यसलाई मर्मत–सम्भार गर्दै व्यवस्थित बनाउने तयारीमा जुटेको धरान–१३ का वडाध्यक्ष नेत्र काफ्ले बताउँछन् ।
धरानको सुकुटी व्यापार

धरानको फस्टाएको र चिनिएको सुकुटी । सुकुटी बेच्न बसेकी महिला । देशविदेशसम्म चिनिएको सुकुटी कोसेलीकारुपमा लगिन्छ । तर लकडाउन र कोरोना महामारीले यसपटक देशविदेशसम्म पुग्न नसकेको व्यवसायी बताउँछन् ।
सिद्राको व्यापार

धरानको पुरानो बजारमा सिद्रा बेच्न बसेका महिला ।
जाडो भो घाम तापौं र सेल्फी हानौं !

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको खाली चौरमा घाम ताप्दै नर्स र बिरामी कुरुवा । उनीहरुले घाम ताप्दै सेल्फी हान्दै गरेको दृश्य ।
आहा धरानमै अर्को सुन्दर पार्क !




धरान–१८ (बीपी प्रतिष्ठानको उत्तरतर्फ) स्थित शिव मार्गमा रहेको पार्क । यो पार्क केहीदिनअघिदेखि मात्रै सञ्चालनमा आएको हो । स्थानीय शिवमार्गबासी मिलेर सो पार्क बनाएका हुन् । अहिले त्यो पार्कमा प्रतिष्ठानका बिरामी कुरुवा र सर्वसाधारणलाई सुस्ताउने थलो बनेको छ ।
जता हेरे पनि हजुर पूर्वै रमाइलो…



धरानको भानुचोक (सब्जी मण्डी छिर्ने बाटो) छेऊमा गीत गाउँदै झापाका एक गन्धर्व । एक युवाले एकैछिन गीत सुनेपछि सहयोग गरेर फर्किएका थिए ।
खिचौं, खिचौं

मिस स्टेट १ की बिजेता रजनी लिम्बू (वायाँ दोस्रो) सहित अन्य तस्वीर खिचाउँदै ।
तस्वीरहरुः हाम्रो कोशी आवाज