Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ९ जना पत्रकारलाई जनही १ लाखका दरले कोरोना बिमा रकम हस्तान्तरण

हाम्रो कोशी आवाज
पुष २० २०७७, सोमबार
धरानमा ९ जना पत्रकारलाई जनही १ लाखका दरले कोरोना बिमा रकम हस्तान्तरण

धरानः नेपाल प्रेस युनियन सुनसरीले धरानमा एक कार्यक्रमका बीच सुनसरीका ९ जना पत्रकारको कोरोना बिमा रकम प्रदान गरेको छ ।
जनही १ लाख रुपैयाँका दरले पत्रकारलाई कारोना बिमा रकम दिइएको हो । कार्यक्रमका प्रमुख अतिथि अग्रज पत्रकार हर्ष सुब्बाले सो रकम हस्तान्तरण गरेका थिए ।
युनियनले यसअघि पनि पत्रकारलाई बिमा रकम उपलब्ध गराएको थियो भने युनियनमार्फत् नै २ सय ६० जना पत्रकारको कोरोना बिमा गरेको थियो । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले पत्रकारहरु सदैव जोखिम मोलेर पत्रकारिता गरिरहेकोले उनीहरुको आत्मबल बढाउनको लागि युनियनले बिमा गराएको बताए ।
कार्यक्रममा पत्रकारहरुले कोरोना बिमा रकमले सहजता भएको भन्दै धन्यवाद समेत दिएका थिए । कार्यक्रममा मस्तिष्कघात भई विराटनगरमा उपचार गराइरहेका सञ्चारकर्मी दिलीप रिनोहाङलाई उपचार सहयोग रकम प्रदान गरिएको छ ।
नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष अधिकारीले उनको उपचारको लागि १० हजार रुपैयाँ, होराइजन क्लब धरानले १० हजार रुपैयाँ, प्रेस युनियन बराहक्षेत्रले ८ हजार ५ सय रुपैयाँ प्रदान गरेका थिए ।
कार्यक्रममा औजार दैनिक धरानका मोतीराज सुनुवार, अग्रज पत्रकार गिरिराज आचार्य, राजेश विद्रोही, नेपाल पत्रकार महासंग सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले लगायतले बोलेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष सुनवारले युनियले गरेको गतिविधि सह्रानीय रहेको बताए । ‘यस कार्यले सम्पूर्ण पत्रकाहरुलाई जोखिम मोलेर भएपनि काम गर्न हौसला मिलेको छ’, उनले भने, ‘पत्रकारका लागि गर्नुपर्ने कार्य नै यस्तै हो ।’
कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष राजेश विद्रोहीले कोरोना कहरमा थलिएका पत्रकारको आर्थिक अवस्था नाजुक देखेर बिमा गरिदिनु र रकम प्रदान गर्नु सह्रानीय कार्य भएको बताउँदै भने, ‘प्रेस युनियन धन्यवादको पात्र मात्रै बनेन अन्य संघसंस्थाले पनि यस्तो सिको गर्नुपर्छ ।’
क्रममा प्रेस युनियनका संस्थापक अध्यक्ष गिरिराज, पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष तथा अग्रज पत्रकार हर्ष, कृष्ण अधिकारीलगायतले बोलेका थिए ।
यसैबीच नेपाल प्रेस युनियन धरान नगरको अध्यक्षमा मात्रिका प्रसाद नेपाल चयन भएका छन् । धरानमा भएको भेलाले नेपाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । यस्तै, उपाध्यक्षमा पारस राई, सचिवमा शान्ता निरौला, सह–सचिवमा संगीता राई र कोषाध्यक्षमा वसन्त राई चयन भए भने सदस्यहरुमा रोहित कुलुङ, सुविक्षा राई र सञ्जीता धमला चयन भए ।

प्रकाशित मिति: पुष २० २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend