Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा सुनसरीका पत्रकारलाई खोजमूलक र फिचरलेखन तालिम

हाम्रो कोशी आवाज
माघ ९ २०७७, शुक्रबार
धरानमा सुनसरीका पत्रकारलाई खोजमूलक र फिचरलेखन तालिम

धरानः नेपाल पत्रकार महासंघ सुनसरीले धरान र सुनसरीभरीकै पत्रकारलाई दुईदिने फिचर लेखन तथा खोजमूलक पत्रकारिताको विषयमा तालिम दिइएको छ ।
महासंघले सञ्चारकर्मीलाई फिचर लेखनमा सहज होस् भन्ने उद्देश्यले इटहरी र धरानका सञ्चारकर्मीलाई समावेश गरेर बुधबार र बिहीबार तालिम दिएको हो । तालिम इटहरी र धरानमा गरिएको थियो । इटहरीमा इटहरी उपमहाननगरपालिकाकाको सहकार्य र धरानमा धरान उपमहानगरको सहकार्यमा तालिम सम्पन्न गरिएको हो ।
तालिममा नेपाल पत्रकार महासंघका केन्द्रीय पूर्व अध्यक्ष धमेन्द्र झा र शिव गाउँलेले सहजीकरण गरेका थिए । तालिममा पत्रकार महासंघ सुनसरीका पुर्व अध्यक्ष हर्ष सुब्बा , राजेश विद्रोही, केशव घिमिरेले फिचर लेखनमा सहभागी सञ्चारकर्मीहरुलाई सहजीकरण गरेका थिए ।
तस्वीरः हाम्रो कोशी आवाज

 

प्रकाशित मिति: माघ ९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend